नवलपरासी बर्दघाट भएको जापान साइतामामा नेपाली युवाको शब निधनको केही दिनपछि फेला

नवलपरासी बर्दघाट भएको जापान साइतामामा नेपाली युवाको शब निधनको केही दिनपछि फेला  #bardaghatnawalparasi
 #COVID19           
 साइतामा , जापान । 
https://drive.google.com/uc?export=view&id=1jTYMisFjDUOvLASYBCJq2KHv0aVk7jwY
RAMESH PANDEY
                            जापानको साइतामा प्रान्तमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन । 
निधन भएको केही दिनपछी मृत अवस्थामा फेला परेका कारण शब केही बिग्रिएको अवस्थामा फेला परेको श्रोतले जापानसमाचारलाई जनकारी दिएको छ । 
अन्दाजी ४०/४२ बर्षका पाण्डे थरका उनको नेपाल घर नवलपरासी बर्दघाट भएको खुल्न आएको छ । 
निधन बारेको जानकारी मे २७ तारिख बिहीवार बिहानमात्र खुलेको हो । निधन भने केहीदिन अघिनै भएको पाइएको प्रहरिले बताएको छ । हाल शब पोस्टमार्टमको लागि प्रहरिले नियन्त्रणमा लिएको छ ।
https://drive.google.com/uc?export=view&id=1Iu1vSBv4uU6AFab7gJ44mgRC0j1AkwXg
मृतक पाण्डेको शव उनी बस्दै आएको साइतामा तोकुरोजावा स्थित कोठामा फेला परेको हो । 
पाण्डेको श्रीमती जापानमै रहेपनि उनी गुन्माकेनमा बस्दै आएको पाइएको छ । निधन भएका पाण्डे एक महिना अघिमात्र नेपालबाट फर्किएर क्वारिन्टिन पछी काममा नगइ कोठामानै रहंदै आएको बुझिएको छ । 
पाण्डेको निधनको कारणबारे भने केही खुल्न सकेको छैन /

Comments

Popular posts from this blog

पूर्वाधारमा नयाँ प्राथमिकता सुरुङमार्ग

नवलपरासी बर्दघाटका रमेश पाण्डेलाई जापानमा अन्तयष्टि गरीने (अङ्ग्रेजी )मिति 2021-05-31 (२/१७ गते सोमवार) मा जापानिज समयअनुसार 2:30 बजे टोकियो को ईरुमाचि मा हुने निर्णय भएको छ ।