नवलपरासी बर्दघाटका रमेश पाण्डेलाई जापानमा अन्तयष्टि गरीने (अङ्ग्रेजी )मिति 2021-05-31 (२/१७ गते सोमवार) मा जापानिज समयअनुसार 2:30 बजे टोकियो को ईरुमाचि मा हुने निर्णय भएको छ ।
केही दिन अगाडि जापानको साईतामम प्रान्त मा एक नेपाली युवक अाफ्नै कोठामा मृत अवस्था मा फेला परेका थिए ।
उक्त सव को पहिचान को क्रम मा सब नवलपरासि सुस्ता पश्चिम बर्दघाट वडा नं १४ का रमेश पाण्डे को भएको जापान प्रहरी द्वारा पुष्टि भएको थियो र आज (नेपाली)मति २०७८/२/१४ गतेका दिन जापान प्रहरी टोलिसंग NRN जापान का प्रबक्ता सिद्धार्थ श्रेष्ठ , NRN जापान का महिला संयोजक संगिता अधिकारी ,मृतक रमेश पाण्डे को पक्षबाट परासी समाज जापान को अध्यक्ष जीवन क्षेत्रि(नवलपरासी), मृतक को श्रीमती लिना पाण्डे र दुई साडुभाई भई भएको छलफल मा अन्तयष्टि (अङ्ग्रेजी )मिति 2021-05-31 (२/१७ गते सोमवार) मा जापानिज समयअनुसार 2:30 बजे टोकियो को ईरुमाचि मा हुने निर्णय भएको छ ।
मृतक रमेश पाण्डे को दाहासंसकार गरिने भयकोले निम्न ठेगाना मा
आउनु होला । ( मलामी ) इच्छुक साथिहरू ।
निधन भएको केही दिनपछी मृत अवस्थामा फेला परेका कारण शब केही बिग्रिएको अवस्थामा फेला परेको श्रोतले जापानसमाचारलाई जनकारी गराएको थियो। अङ्ग्रेजी 5/14 गतेका दिन
निधन हुन सक्ने प्रहरिले अनुमान लगाएको छ ।
रमेश पाण्डेको निधनको कारणबारे भने केही खुल्न सकेको छैन।
Comments
Post a Comment