भौतिकको बजेट १ खर्ब ६३ करोड अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालिएसँगै देश सुरुङ युगमा प्रवेश गरेको बताएका छन् । बजेटमा उनले धेरैतिर सुरुङ निर्माण र अध्ययनको काम थाल्ने भन्दै योजना अघि सारेका छन् । केही वर्षयता सुरुङको अध्ययन गर्न भन्दै बजेट विनियोजन गर्ने गरिए पनि अहिलेसम्म उत्साहजनक रूपमा निर्माणको काम अघि बढ्न सकेको छैन । नागढुंगा–सिस्नेखोला सुरुङ पुरानै आयोजनाभित्र पर्छ । बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने दाबीसमेत गरे । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई वर्षभित्र सञ्चालनमा आउने र यसका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्न बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । काठमाडौं–कोटेश्वर खण्डको सवारी चाप व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन...
नवलपरासी बर्दघाट भएको जापान साइतामामा नेपाली युवाको शब निधनको केही दिनपछि फेला #bardaghatnawalparasi #COVID19 साइतामा , जापान । RAMESH PANDEY जापानको साइतामा प्रान्तमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन । निधन भएको केही दिनपछी मृत अवस्थामा फेला परेका कारण शब केही बिग्रिएको अवस्थामा फेला परेको श्रोतले जापानसमाचारलाई जनकारी दिएको छ । अन्दाजी ४०/४२ बर्षका पाण्डे थरका उनको नेपाल घर नवलपरासी बर्दघाट भएको खुल्न आएको छ । निधन बारेको जानकारी मे २७ तारिख बिहीवार बिहानमात्र खुलेको हो । निधन भने केहीदिन अघिनै भएको पाइएको प्रहरिले बताएको छ । हाल शब पोस्टमार्टमको लागि प्रहरिले नियन्त्रणमा लिएको छ । मृतक पाण्डेको शव उनी बस्दै आएको साइतामा तोकुरोजावा स्थित कोठामा फेला परेको हो । पाण्डेको श्रीमती जापानमै रहेपनि उनी गुन्माकेनमा बस्दै आएको पाइएको छ । निधन भएका पाण्डे एक महिना अघिमात्र नेपालबाट फर्किएर क्वारिन्ट...
केही दिन अगाडि जापानको साईतामम प्रान्त मा एक नेपाली युवक अाफ्नै कोठामा मृत अवस्था मा फेला परेका थिए । उक्त सव को पहिचान को क्रम मा सब नवलपरासि सुस्ता पश्चिम बर्दघाट वडा नं १४ का रमेश पाण्डे को भएको जापान प्रहरी द्वारा पुष्टि भएको थियो र आज (नेपाली)मति २०७८/२/१४ गतेका दिन जापान प्रहरी टोलिसंग NRN जापान का प्रबक्ता सिद्धार्थ श्रेष्ठ , NRN जापान का महिला संयोजक संगिता अधिकारी ,मृतक रमेश पाण्डे को पक्षबाट परासी समाज जापान को अध्यक्ष जीवन क्षेत्रि (नवलपरासी) , मृतक को श्रीमती लिना पाण्डे र दुई साडुभाई भई भएको छलफल मा अन्तयष्टि (अङ्ग्रेजी )मिति 2021-05-31 (२/१७ गते सोमवार) मा जापानिज समयअनुसार 2:30 बजे टोकियो को ईरुमाचि मा हुने निर्णय भएको छ । मृतक रमेश पाण्डे को दाहासंसकार गरिने भयकोले निम्न ठेगाना मा आउनु होला । ( मलामी ) इच्छुक साथिहरू । निधन भएको केही दिनपछी मृत अवस्थामा फेला परेका कारण शब केही बिग्रिएको अवस्थामा फेला परेको श्रोतले जापानसमा...
Comments
Post a Comment